नेपालले तीनसय ७३ चिनियाँ नागरिकलाई लखेट्यो

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कानून उल्लंघन गर्नेमा सबैभन्दा अगाडिा चिनियाँ नागरिकहरू देखिएका छन् ।

सरकारले ७ सय १ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१८ मा ३ सय ७३ जना चिनियाँ नागरिकलाई देश निकाला गरिएको छ ।

भिसा अवधिभन्दा बढी बसेका र फरकफरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको जनाइएको छ ।

उनीहरूमाथि धर्म परिवर्तनमा संलग्न, विभिन्न कसुरमा कैद भुक्तान गरेका, जाली राहदानी तथा भिसा प्रयोगकर्ता र भिसाबिना बसेको अभियोग छ ।

अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ ।

नेपालबाट देश निकाला हुनेमा दुई जापानी महिला, एक अस्ट्रेलियन युवती र एक फिलिपिन्सका दम्पती छन् ।

अध्यागमन विभागले धर्म परिवर्तनमा संलग्न ५ जना विदेशीलाई निष्कासन गरेको छ ।

नेपालबाट देश निकाला हुनेमा ४४ अमेरिकी, २१ बंगलादेशी, २७ पाकिस्तानी, १६ इरानी, १५ दक्षिण कोरियाली र १४ जना उज्वेकिस्तानी रहेका छन् ।

गृहले भारत, टर्की, श्रीलंका, युक्रेन, लेबनान, स्पेन, यमन, युक्रेनलगायत ६२ मुलुकका विदेशीलाई निष्कासन गरेको छ ।

चिनियाँहरू पर्यटक भिसामा आएर उनीहरूकै परियोजनामा संलग्न हुने गरेका छन् ।

गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई देश निकाला गरिको छ ।

Published : Thursday, 2019 January 10, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया