शेरबहादुरले गरेको सुधारमा ओलीजीले गल्ती गर्नुभयोः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले गरेको गल्तीलाई शेरबहादुर देउवाले सच्चाएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष थापाले ०६३ सालमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले पृथ्वीजयन्तीको सार्वजनिक विदा कटौती गरी ठूलो भुल गरेको बताए ।

‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले ०६३ सालमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा मनाइने राष्ट्रिय एकाता दिवस कटौती गरेर गम्भीर गल्ती गर्नुभएको थियो’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका बेला गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले गरेको गल्तीलाई सुधार गर्नुभएको थियो । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक विवाद लिएर दिवस मनाउने निर्णय गर्नुभएको थियो ।’

राप्रपाका अध्यक्ष थापाले निर्वाचनपछि आएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले पुस २७ गतेको सार्वजनिक विदा कटौती गरेर राष्ट्र निर्माताप्रति अपमान गरेको बताए ।

पृथ्वीनारायण शाहको जन्मदिनबाट कुनै पनि गणतन्त्रवादी नेता र दलहरु आत्तिन नपर्नुपर्ने उनले बताए ।

देशमा राष्ट्रियता कमजोर हुँदै गएको भन्दै अध्यक्ष थापाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले पुस २७ गतेको विदा कटौती गरेर अन्याय गरेको बताए । उनले प्रधानमन्त्री ओलीलाई पुस २७ गते विदा दिन आग्रह गरे ।

‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाले गरेको गल्ती शेरबहादुर देउवाले सच्चाउनु भयो’, अध्यक्ष थापाले भने, ‘शेरबहादुर देउवाले गरेको राम्रो कामलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले खारेज गरेर गलत गर्नुभयो । ओलीजीले पुस २७ को महत्व बुझ्नुपर्छ ।’

अध्यक्ष थापाले हिन्दूराष्ट्रको अभियानलाई पुनः आन्दोलनका रुपमा अगाडि बढाउने बताएका छन् । उनले फागुन ७ गतेदेखि जनसंघर्ष शुरु गर्ने बताए । राप्रपाले फागुन १ गतेबाट राष्ट्रिय स्वाभिमान यात्रा गर्ने पनि बताएका छन् ।

Published : Thursday, 2019 January 10, 3:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया