रातारात हटाइएका गुप्तचर प्रमुखका बारेमा के भन्छ सरकार ?

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई बर्खास्त नगरेको दाबी गरेको छ ।

सिंहदरबारस्थिट सूचना तथा सञ्चार प्रविधिमन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री एवम् प्रवक्ता गोकुल बास्कोटाले गुप्तचर विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएको नभइ स्वतः अवकासमा गएको बताए ।

‘गुप्चतर विभाग अर्थात राष्ट्रिय अनुसन्धान विभागको नियमावली संशोधनका गरिएको छ । नियमावली संशोधन भएपछि उहाँको अवकास भएको’, उनले भने, ‘मिडियामा आए जस्तो रातारात हटाइएको होइन । नियमावलीअनुसार उहाँको कार्यकाल सकिएपछि अर्कालाई नियुक्त गरिएको हो ।’

कम्युनिस्ट सरकारले नयाँ नियमावलीमा गुप्तचर विभागको प्रमुखको कार्यकाल ४ वर्ष हटाएर ३ वर्ष कायम गरेको छ ।

मन्त्रिपरिषदबाट नियमावली संशोधन हुनेवित्तिकै एआइजी गणेश अधिकारीलाई गुप्तचर विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो ।

‘मिडियाले रातारात गुप्तचर प्रमुखलाई हटाएको भनेर पनि लेखे । मिडियामा आएको जस्तो केही छैन’, मन्त्री बास्कोटाले भने, ‘सरकारले समय र आवश्यक्ताअनुसार गुप्तचर विभागको नियमावली संशोधन गरेको हो । यसमा अरु भन्नु पर्ने केही छैन ।’

Published : Thursday, 2019 January 10, 5:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया