अग्निपीडितलाई कांग्रेसका सांसदले दिए आफ्नै तलव

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराका सभापति एवम् सुदूरपश्चिम प्रदेशका सांसदका सांसद कर्णबहादुर मल्लले आगलागी पीडितलाई एक महिनाको तलव सहयोग गरेका छन् ।

डडेलधुराको अमरगढी सदरमुकामको बागबजारका आगलागी पीडितलाई प्रदेश सांसद मल्लले एक महिनाको तलब दिएका हुन् ।

सभापति मल्लले एक महिनाको तलबबापत ४१ हजार रुपियाँ सहयोग गरेको जनाएका छन् ।

बिहीबार अग्निपीडितसँगको छलफलमा सांसद मल्लले अग्निपीडितको पुनस्र्थापनाका लागि सुदूरपश्चिम प्रदेशबाट प्रतिव्यवसायी १ लाख राहत र व्यापार स्थापनाका लागि उचित स्थानका लागि प्रदेश सरकारसँग छलफल गर्ने बताएका छन् ।

राहतका लागि प्रदेशमा मात्र नभइ केन्द्रमा समेत पहल गर्ने मल्लले जानकारी दिए ।

नेपाली काग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएका कारण राहत केन्द्रबाट समेत आउने मल्लले आश्वासन दिए ।

गत साता लगातार भएको आगजनीका कारण सदरमुकामको बागबजारमा ठूला साना गरी १६ वटा पसल र १ घर ध्वस्त हुँदा डेढ करोडको क्षति भएको छ ।

Published : Thursday, 2019 January 10, 6:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया