कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः प्रकाशमान सिंह

धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले संसदीय समितिको क्षेत्राधिकारमा हस्तक्षेप गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले शुक्रबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले वर्तमान कम्युनिस्ट सरकार कुरा सुशानको गरे पनि भ्रष्टाचारमा लिप्त रहेको आरोपलगाए । वाइड बडी घोटाला काण्डमा संसदको सार्वजनिक लेखा समितिको कामबाट डराएर ओलीले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको उनले बताए ।

‘सबैभन्दा लाज मर्दाे विषय संसदीय समितिले प्रतिवेदन नै दिएको थिएन’, कांग्रेसका नेता सिंहले भने, ‘केपी ओलीजी आत्तिएर संसदको क्षेत्र अधिकारलाई हस्तक्षेप हुने गरी रातारात छुट्टै समिति बनाउनुले कम्युनिस्ट सरकारको नियत ठीक छैन भन्ने देखाएको छ ।’

उनले ओली सरकार भ्रष्टाचारीलाई संरक्षण र पश्रय दिएको बताए । ‘केपी ओली आफै भ्रष्टाचारको मिलोमतोमा लागिरहेको हो कि भन्ने आशंका जगाएको छ’, कांग्रेसका नेता सिंहले भने ।

‘सरकारको नियत ठीक थियो भने वाइड बडी घोटालाको विषय बाहिर आउनेबितिकै ओलीजीले छानबिन गर्नुपर्ने थियो’, उनले भने, ‘त्यस बेला सरकारले चासो दिएन । जब छानबिन समितिले हात हाल्यो त्यसपछि ओलीजीले लेखा समितिको रिपोर्ट नै नआउँदै हतार–हतारमा संसदलाई बाइपास गरेर छानविन आयोग बनाउनुभयो ।’

कांग्रेसका नेता सिंहले वाइड बडी घोटालामा सरकार जसरी अगाडि बडेको छ त्यसले सर्वसाधारणहरूमा थुप्रै आशंका जन्माएको बताए । उनले भ्रष्टाचारलाई संरक्षण गर्ने वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको बताए ।

ओली सरकारले मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको पनि उनले बताए । ‘सुशासन दिन पनि सरकार अफसल भएको छ । विदेश नीति सबै कुरामा असफल भएको छ’, उनले भने, ‘सत्तारुढ दलभित्रको कचिङ्गलले अब नाम दुइतिहाई काम अलमल भएको छ ।’

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कांग्रेस पछिल्लो समय संसदमा प्रभावकारी रुपमा प्रस्तुत भएको नेता सिंहले बताए ।

नेविसंघको महाधिवेशनका विषयमा सोधिएको प्रश्नमा कांग्रेसका नेता सिंहले भने, ‘समय हुँदै निर्वाचित समितिले काम गरोस् भन्ने मेरो चाहना छ । अब समय हुँदा काम नगर्नेहरूबाट नयाँ आश गर्न सकिँदैन ।’

Published : Friday, 2019 January 11, 10:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया