कम्युनिस्ट सरकारविरुद्ध तरुण दलले घोषणा गर्‍यो भिषण आन्दोलन

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

तरुण दलले शुक्रबार विज्ञप्ति जारी गरेर कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्यवृद्धि, वाइड बडी घोटाला, निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसेको अरोाप लगाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

कम्युनिस्ट सरकारले गैरकानूनी र अलोकतान्त्रिक रवैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रमका साथै बिरोध र्‍याली र बिरोध सभा कार्यक्रम गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलले आन्दोलनका कार्यक्रम अन्तर्गतग माघ ८ गते प्रदेश एकको बिराटनगर, माघ ९ गते प्रदेश दुईको जनकपुर, माघ १० गते प्रदेश तीनको हेटौंडा, माघ ११ गण्डकी प्रदेशको पोखरा, माघ १२ गते प्रदेश पाँचको भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेत र माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढीमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरिने महासचिव भुपेन्द्रजंज शाहीले जानकारी दिए ।

कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले कठोर रणनीति बनाएको बेला तरुण दलले आन्दोलनको घोषणा गरेको छ ।

तरुण दलको आन्दोलनले कम्युनिस्ट सरकारलाई तनाव बढाएको छ । केपी ओली नेतृत्वको सरकारले मुलुकलाई असफल बनाएको तरुण दलका महासचिव शाहीको आरोप छ ।

अबका दिनमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने उनले बताएका छन् ।

Published : Friday, 2019 January 11, 5:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया