विवेकशील साझा पार्टी फुटेपछि रञ्जुले कसलाई दिइन साथ ?

काठमाडौं । रविन्द्र मिश्र र उज्वल थापा अध्यक्ष रहेको विवेकशील साझा पार्टी विभाजन भएको छ ।

मिश्र र थापाबीच बैचारिक मतभेद झेल्दैआएका उनीहरु शुक्रबारदेखि अलग अलग भएका छन् । पार्टीभित्र रविन्द्र मिश्रले निरंकुशता लादेको थापाको आरोप लगाएका छन् ।

थापा समूहले पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ । केन्द्रीय सदस्य रञ्जु दर्शनाले वैचारिक विमत्तिका कारणका आफुहरू छुट्टिनु परेको बताएकी छिन् ।

३७ सदस्यीय केन्द्रीय समितिमध्ये थापा समूहका १६ जना निर्वाचन आयोगमा गएका छन् । थापालाई प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलले साथ दिएका छन् ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

रवीन्द्र मिश्र समूहले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । थापाले डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूँताउन लागेका छन् ।

Published : Friday, 2019 January 11, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया