राप्रपाको चियापनमा कांग्रेस सहभागी, ओली र मन्त्रीहरू आएनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा चियापानको आयोजना गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभाको प्रङ्गणमा राप्रपाले शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाका साथै केन्द्रीय पदाधिकारीहरूले नेता तथा कार्यकर्ता र पाहुनाहरूलाई स्वागत गरेका थिए ।

राप्रपाको चियापानमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेसका नेता गोपालमान श्रेष्ठ, पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल लगायतका नेताहरू सहभागी भएका थिए ।

चियापनमा सहभागी सत्तारुढ नेपला कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पृथ्वी जयन्ती विगतमा नमनाए पनि यसमा अब सुधार गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए ।

चियापानमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरू पनि चियापानमा नआएको राप्रपाले जनाएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने माग गरे । उनले पृथ्वी जयन्तीलाई सार्वजनिक विदा दिनुपर्ने माग पनि गरे ।

थापाले सरकारले औपचारिक रुपमा सार्वजनिक विदा र राष्ट्रिय पर्वको घोषणा नगरे पनि पृथ्वी जयन्तीले आंशिक मान्यता प्रदान गरेको बताए ।

राप्रपा अध्यक्ष थापाले आगामी वर्षसम्म पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिने, राष्ट्रिय पर्वूको रुपमा मनाउने र सार्वजनिक विदा दिने विश्वास लिएको बताए ।

पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने पनि उनले बताए ।

Published : Friday, 2019 January 11, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया