महासमिति बैठकमा कांग्रेसले कति खर्च गर्‍यो ?

काठमाडौं । नेपाली कांग्रेसको हालै सकिएको महासमिति बैठकमा खाना र व्यवस्थापकीय खर्चमा एक करोड २० लाख रुपियाँ खर्च भएको छ ।

शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि कांग्रेसको कोषबाट खर्च कम भएको एक नेताले बताएका छन् ।

पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको छ ।

नेताहरूले व्यक्तिगत रूपमा खाना खुवाउँदा कांग्रेसको कोषबाट ७० लाख ४० हजारभन्दा धेरै रकम जोगिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सातजना शीर्ष नेताहरूले आफ्नै खर्चमा हरेक दिन पालैपालो महासमिति सदस्यहरूलाई रात्रिभोज खुवाएका थिए ।

देउवाले महासमिति बैठक उद्घाटन भएको दिन मंसिर २९ गते रात्रिभोज दिएका थिए । रात्रिभोज दिनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ रहेका छन् ।

कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरूलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो । बेलुकाको खानाको व्यवस्था आफैँ गर्नुपर्ने भनिएको थियो ।

महासमिति बैठकमा करीव एक हजार ६ सय सदस्यहरूको सहभागिता थियो । बैठक २८ मंसिरमा सुरु भई ६ पुसमा सकिएको थियो । मंसिर २९ गतेदेखि पुस ४ गतेसम्म पार्टी प्यालेसमा र ५ पुसदेखि ८ पुससम्म पार्टी कार्यालय सानेपामा बैठक चलेको थियो ।

महासमिति बैठकमा पार्टीले खुवाएको बिहानको एकछाक खानामा मात्रै ७० लाखभन्दा बढी खर्च भएको छ । प्रतिप्लेट ५ सय ५० रुपियाँको खाना खुवाइएको थियो ।

मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार लागेको थियो ।

महासमितिमा भाग लिन आएका सदस्यसँग एक हजारका दरले शुल्क लिएको थियो । १६ सय सहभागीबाट करीव १४ लाख उठेको छ ।

केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत रुपमा खाना ख्वाएको विषयलाई रुचाएनन् ।

कांग्रेसले महासमिति अगावै सदस्यरुलाई बिहानको खानामात्रै ख्वाउने भन्दै बस्ने प्रबन्ध आफैं गर्नुपर्ने निर्णय गरेको थियो ।

मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार रुपियाँ खर्च भएको छ ।

Published : Sunday, 2019 January 13, 8:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया