विश्वप्रकाशको १५ मिनटको धारा प्रवाह भाषण सुनेर ‘प्रचण्ड’ मख्ख

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्मामाले कमरेड केपी ओलीको बोली प्रस्ट बुझिएको भन्दै जनताले कर्म नबुझेर हैरान भएको बताएका छन् ।

पुष्प व्यवसायीहरूको अधिवेशनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले इतिहाँसले लेख्न कर्म गर्नुपर्ने बताए । ‘सुशील कोइरालाले बोलेको कहिल्यै बुझिदैन थियो । के बोल्यो भनेर सधै आलोचना खानु हुन्थ्यो’, उनले भने, ‘सुशील कोइराला बोलेको बुझिएन तर, उहाँले गरेको कार्म बुझियो ।’

सुशील कोइरालाले चारतिर फर्किएर रहेका दलहरूलाई एकै ठाउँमा ल्याएर कांग्रेसको नेतृत्वमा संविधान जारी गरेको प्रवक्ता शर्माले बताए ।

‘इतिहाँसमा बोल्ने होइन, इतिहाँसमा कर्म लेखिन्छ । सुशील कोइरालाले बोलेको बोली बुझएन तर, उहाँले गरेको कर्म बुझियो । कमरेड केपी ओलीको बोली प्रष्टै बुझिएको छ । तर, कर्म बुझ्न नसकेर मानिसहरू हैरान भएका छन् ।’

प्रवक्ता शर्माले सम्बोधन गरिरहेका बेला ड्यास तर्फ हेरेर प्रचण्डले भाषणको प्रशंसा गरेका थिए ।

कांग्रेसका प्रवक्ता शर्माले सामाजिक सुरक्षा कोष लागू गर्ने बेला प्रधानमन्त्री ओलीले रातारात छापामार शैलीमा आफ्नो तस्वीर पोलपोल, चोकचोक र टोलटोलमा राखेको प्रति व्याङ्ग्य गर्दै भने, ‘कमरेड केपी ओलीजी मेरो त जिल्लाबासी । मलाई असाध्यै खुसी लाग्यो । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय मागेर पोलमा पोस्टर टाँस्दा च्यातिनुपर्ने ?’
उनले भने, ‘कमरेड प्रचण्डको सँगतले हो कि के हो कमरेड केपी ओलीजीले पनि छापामार शैलीमा पोलपोलमा तस्वीर झुण्ड्याउनु भयो ।’

शर्माले ओलीको सत्ता देशमा रुपान्तरण आवश्यक रहेको भन्दै जनता र युवाहरूले अहिलेको दुई तिहाईको सरकारबाट नवीन उर्जा खोजेको बताए । नेपाली कांग्रेस जस्तो शालीन र सहयोगी प्रतिपक्ष पाउँदा पनि ओली सरकारले काम गर्न नसकेको भन्दै उनले आलोचना गरे । ‘प्रतिपक्ष बलियो छैन भन्छन । संसदमा ब्रिफकेश फुटाउन दुई हाट भए पुग्छ । नेपाल बन्द गर्न एक हजार पर्चा छरे पुग्छु’, उनले भने, ‘बलियो भनेको जिम्मेवार प्रतिपक्ष र शालिन प्रतिपक्ष हुनुपर्छ । त्यो कुरा कांग्रेसमा छ ।’

नेपाल कहिल्यै पनि कसैको गुलाम नभएकाले स्वतन्त्रता दिवस मनाउर्ने आवश्यक्ता नरहेको उनले बताए । ‘अमेरिकाले स्वतन्त्रता दिवस मनाउला, भारतले स्वतन्त्रता दिवस मनाउला । तर, नेपालले कहिल्यै पनि स्वतन्त्रता दिवस मनाउँदैन’, उनले भने, ‘किन भने नेपाल कसैको अधिनमा रहेन । हाम्रा युवाहरूलाई यो कुराको जानकारी गराउनुपर्छ ।’

‘यो मुलुक अनेकौँ धर्म संस्कार रहेको छ । भारतलाई सीता दिएर ज्वाइँ बनायौँ । चीनलाई भृकुटी दिएर ज्वाइँ बनायौँ । बुद्धको जन्म भएको मुलुक । अघिल्लो जन्ममा हामीले केही पवित्र काम गरेका रहेछौँ र त यति राम्रो काम गरेका छौँ’, शर्माल भने, ‘हाम्रो देशमा जातीय, सांकृतिक र भाषिक विविधताले भरिएको छ ।’

केही राजनीतिज्ञले गल्ती गर्दा सारा राजनीतिज्ञलाई गाली गरेर सडकमा हिँड्दै गरेको मासिनले राजनीतिलाई डर्टी गेम भनेको कुरालाई सबैले नेताले सुधार गर्नुपर्ने उनको भनाइ छ ।

‘राजनीति दल बलियो भयो भने राजनीति बदलिन्छ । राजनीति बदलियो भने राष्ट्र बदलिन्छ । राष्ट्रपनि बलिएन भने युवामा निरासा हुन्छ’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘त्यसपछि युवामा सानो सपना मलेसिया र ठूलो सपना अमेरिका हुन जान्छ । राजनीतिक रुपान्तरणका लागि यो बेला हामीमा राजनीति एकता अवश्यक छ । राजनीति बदलिनुपर्छ । हामीमा बदलाव आउनुपर्छ ।’

उनले राष्ट्रिय एकता भनेको राजनीति परिवर्तन र संसदीय प्रणाली भएको बताए । शर्माले नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै लोकतान्त्रिक व्यवस्थाको आलोचना गरेकोमा असन्तुष्टि जनाए ।

‘केही दिन अगाडि कमरेड प्रचण्डले लोकतािन्त्रक प्रक्रियाले काम गर्न गाह्रो भयो भन्नुभयो । प्रचण्डले कम्युनिस्ट पार्टीका शासन हुन्थ्यो भने ड्याम ड्याम निणर्य गरेर जसकिन्थ्यो भन्नुभयो’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘लोकतान्त्रिक व्यवस्थाले नै सबै परिवर्तन गर्छ । गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको व्यक्ति प्रचण्ड मात्रै हो । उहाँले पनि यस्तो कुरा गर्ने ?’

Published : Sunday, 2019 January 13, 2:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया