कम्युनिस्टहरूले चरित्र हत्या गरेपछि देउवाले खोले ओली–प्रचण्डको पोल

धनगढी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी जहाज घोटाला प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

कैलालीको धनगढीमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी विमान प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको बताए ।

‘०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए’, पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘त्यो बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन ।’

‘१८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ?’, उनले भने, ‘कसरी थाहाँ पाउनु ?’

देउवाले प्रश्न गर्दै भने, ‘यदि मैले मन्त्रिस्तरीय निर्णय गरेके भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’

वाइड बडी प्रकरणका आफ्नो नभई वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नता रहेको देउवाले दाबी गरेका छन् ।

‘वाइड बडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डजीको प्रत्यक्ष संलग्नता छ’, सभापति देउवाले भने, ‘ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेस छाँया सरकार नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मूल्याङन र निगरानी गर्ने बताए ।

‘छाँया सरकार हैन, विशेष समिति बनाउँछौँ’, देउवाले भने, ‘सरकारका कामका बारेमा निगरानी गर्छाैं । त्यसका लागि हामी केही व्यक्तिलाई जिम्मेवारी दिन्छौँ ।’

नेपाली कांग्रेसले वाइड बडी विमान खरिद घोटालाको जोडदार रुपमा आवाज उठाएपछि सत्तारुढ नेकपाका नेताहरूले सभापति देउवालाई वाइड बडी घोटालामा संलग्न रहेको भनेर आरोपहरू लगाइ रहेको बेला देउवाले त्यसका खण्डन गरेका हुन् ।

Published : Monday, 2019 January 14, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया