दाङ कांग्रेसका युवा नेता तथा पूर्वसांसद चौधरी घाइते

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद योगेन्द्र चौधरी मोटरसाइकल दुर्घनामा परेर घाइते भएका छन् ।

युवा नेता चौधरी गृहजिल्ला दाङको देउखुरीमा पुस २२ गते दुर्घटनामा परेका हुन् ।

लमहीमा सामान्य उपचारपछि युवा नेता चौधरीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार गराइएको थियो ।

पूर्वसांसद चौधरीलाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । चौधरीले राजधानीमै केही हप्ता आराम गर्नुपर्नेछ ।

नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियानमा पछिल्लो समय सक्रियताका साथ लागेका चौधरी मोटर साइकल दुर्घनामा परेका हुन् ।

पुसको २२ गते देउखुरीको गढवामा पानी परेका बेला आफैले चलाएको मोटरसाइकल रोक्न खोज्दा पल्टिएको थियो ।

‘पार्टीगत र आफ्नो व्यक्तिगत कामले गढावामा थिएँ’, उनले भने, ‘पानी परेको थियो । मोटर साइकल रोक्छु भन्दा भन्दै पल्टियो । कुममा चोट लागेको छ ।’

पूर्वसांसद एवम् कांग्रेसका युवा नेता चौधरीले आफ्नो दुर्घटनाका बारेमा शीघ्रस्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुक र कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई धन्यावाद दिएका छन् ।

Published : Tuesday, 2019 January 15, 10:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया