उपेन्द्र यादव खुसीले गदगद, माओवादीसँग कुरा मिल्यो

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी कम्युनिष्ट केन्द्र) बीच पार्टी एकता हुने भएको छ ।

फोरम नेपाल र नेकपा कम्युनिष्ट केन्द्रबीच पार्टी एकताको लागि सैद्धान्तिक सहमति जुटिसकेको छ ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आगामी माघ ७ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय गरिएको छ ।

केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै अलग्गिएको थियो ।

नेकपा कम्युनिष्ट केन्द्र तत्कालीन नेकपा (माओवादी)बाट २०६२ सालमा विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो ।

हालैमात्र हाम्रो कम्युनिष्ट पार्टी नेपाल पनि संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको थियो । सिद्धान्त र विचार मिल्ने दल, संगठन र पार्टीसँग एकता गर्ने फोरम नेपालको नीति अनुसार अन्य शक्तिहरुसंग वार्ता छलफल भइरहेको छ ।

Published : Wednesday, 2019 January 16, 2:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया