गगनको प्रश्नले ओलीलाई तनाव, के दिए जवाफ ?

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदलाई एउटा व्यक्तिले निर्देशन दिन नमिल्ने बताएका छन् ।

संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाद्वारा डा.गोविन्द केसीको माग र अनसनका बारेमा सोधिएको प्रश्नमा ओलीले डा.केसीको अनसनले संसदलाई दिएको निर्देशन मान्न नसकिने बताए । उनले डा.केसीलाई बखेडा नगर्न आग्रह गरेका छन् ।

‘संसद सार्वभौम छ । संसदले बनाएको कानून सबैले मान्नुपर्छ’, उनले भने, ‘संसदले निर्देशन दिने हो । एउटा व्यक्तिले संसदलाई निर्देशन दिन मिल्दैन ।’

डा.केसीसँग त्यस बेलाको परिस्थिति अनुसार सम्झौता भएको बताएका प्रधानमन्त्री ओलीले भने, ‘सरकारले विधेयक बनाएको छ । संसदमा आएको छ । त्यो विधेयकलाई पास गर्ने वा फेल गर्ने भनेको संसदको अधिकार हो ।’

ओलीले भने, ‘यो विषय पास गर वा त्यो विधेयक पास नगर भन्ने अधिकार कसैमा छैन ।’ डा.केसीले राखेका मागका विषयमा आफू जानकार रहेको र ती मागहरू पूरा भएको उनले दाबी गरे ।

अमेरिकामा पनि राष्ट्रपतिको प्रस्तावलाई संसदले अस्वीकार गर्ने गरेको उदाहरण दिएका ओलीले भने, ‘संसदमा विधेयक आएको छ । संसदले पास वा फेल जेपनि गर्न सक्र्छ ।’ ओलीले डा.केसीको माग पूरा गर्ने विषयमा लचकता देखाएनन् ।

ओलीले संसदमा डा.केसीको अनसनका विषयमा कठोर भएर जवाफ दिएका थिए ।

नेपाली कांग्रेसले संसद नियमावलीअनुसार प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष सवाल जवाफ गर्न पाउनुपर्ने भन्दै अडान राखेपछि शुक्रबार संसदमा ओलीले सांसदहरूको जवाफ दिएका हुन् ।

Published : Friday, 2019 January 18, 1:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया