कांग्रेसका नेताको कार्यले कार्यकर्ताहरूको शिर माथि उठ्यो, शंकर पोखरेललाई तनाव

बुटवल । प्रदेश ५ को कम्युनिस्ट सरकारले भ्रष्टाचार गरेर खरिद गरेको गाडी चढ्न दिएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गाडी फिर्ता गरिदिएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको सरकारी गाडी शुक्रबार फिर्ता गरेका हुन् । उनले गाडी खरिदमा अनियमितता भएको भन्दै आफूलाई चढ्नका लागि प्रदेश सभाको सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको जानकारी दिए ।

प्रदेश सभाले गाडी खरिदमा अनियमितता गरेको समाचार बाहिर आएपछि दलका नेता शर्माले प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतमा आफूले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडी शुक्रबार फिर्ता गरेका हुन् ।

शर्माले प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाई गाडीको ब्लुबुक र साँचो बुझाएका छन् । ‘गाडी खरिदमा अनियमितता भयो भन्ने समाचार बाहिर आएपछि मेरो नैतिकताले त्यो सरकारी गाडी चढ्ने आँट भएन’, कांग्रेस संसदीय दलका नेता पोखरेलल भनेका छन् । अनियतिता सम्बन्धमा छानबिन हुनुपर्ने पनि उनले माग गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सांसद एवं सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि आफूले चढ्दै आएको गाडी फिर्ता गरेका थिए ।

गाडी खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर छानबिन गरिरहेको छ ।

प्रदेश सभा सचिवालयले संसदीय दलका नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई गाडी सुबिधा दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरू भने भ्रष्टाचार गरेर खरिद गरिएका भनिएका गाडीहरू चढ्दै आएका छन् । उनीहरूले गाडी फिर्ता गरेका छैनन् ।

कांग्रेस संसदीय दलका नेता शर्माले सरकारी गाडी फिर्ता गरेर ब्याट्रिबाट चल्ने रिक्सामा चढेर गन्तव्यतर्फ लागेका छन् । शर्माले पनि सरकारी गाडी फिर्ता गरेपछि प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेललाई झट्का लागेको छ ।

पोखरेल मुख्यमन्त्री भएको प्रदेश ५ को सरकारले भ्रष्टाचारलाई मलजल र संरक्षण गरेको नेपाली कांग्रेसले आरोप पनि लगाएको छ ।

Published : Friday, 2019 January 18, 10:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया