कम्युनिस्टहरूले घोटाला गरिरहेका बेला कांग्रेसका मेयरले गरे गज्जव काम

बनेपा । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरिद गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘नगरको आवश्यकतालाई प्राथमिकता दिइयो ।’

नगरको चालू आर्थिक वर्षमा २१ लाख ७५ हजार रुपियाँ वडाध्यक्षका लागि मोटरसाइकल खरिद गर्न बजेट छुट्याइएको थियो ।

बजेटमा नगरको समग्र एकीकृत योजनाको केही रकम तथा अन्य खर्च जोगाएर करीव ७१ लाख रुपियाँमा दमकल खरिद गरिने नगरप्रमुख खरेलले जानकारी दिएका छन् ।

नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरिद गर्ने प्रक्रियामा सबै वडाध्यक्षले सहयोग गरेको सात नम्बरका वडाध्यक्ष पुष्कर ढकालले बताएका छन् ।

मेयर खरेलले यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्नुपरेको बताएका छन् ।

गतसाल नगर प्रमुखलाई गाडी खरिद गर्न छुट्याइएको ४५ लाख तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा राखिएको थियो ।

प्रदेश ५ मा कम्युनिस्ट सरकारले गाडी खरिदमा घोटाला गरेको भनेर नेपाली कांग्रेसले गाडी फिर्ता गरिदिएको छ ।

केही स्थानीय तहमा गाडी र मोटरसाइकल खरिदमा कम्युनिस्टबाट निर्वाचित जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै आलोचना भैरहेको छ ।

Published : Saturday, 2019 January 19, 5:00 pm

2 प्रतिकृया प्राप्त “कम्युनिस्टहरूले घोटाला गरिरहेका बेला कांग्रेसका मेयरले गरे गज्जव काम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया