कांग्रेसले अकस्मात जारी गर्‍यो ह्विप, कम्युनिस्ट सरकारले गडबी गरे नछाड्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ११ स्वास्थ्य संस्थाहरू केन्द्रअन्तर्गत रहने गरी प्रस्ताव पेस गरेकोमा मन्त्रिपरिषद्ले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुईवटा संस्थालाई नसमेटेपछि सदनमा सशक्त आवाज उठाउन सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले ११ मध्ये ९ वटा स्वास्थ्य संस्थालाई केन्द्रमातहत रहने निर्णय गरेको, तर गिरिजाप्रसाद कोइरालाको नाममा रहेको श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य संस्था र सुशील कोइरालाको नाममा रहेको क्यान्सरसम्बन्धी स्वास्थ्य संस्थालाई भने निर्णय नगरी विघटनको दोसाँधमा पुर्‍याएको बताएका छन् ।

‘सरकारले यसबारे गम्भीरतापूर्वक लिएको होला’, प्रमुख सचेतक खाँणले भने, ‘सदनमा यो कुरा सशक्त ढंगले उठाउन सबै साथीलाई उपस्थित हुन भनेका छौँ ।’

राष्ट्रिय सभामा कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थिति हुन भनेको बताएका छन् ।

संसदको बैठक सोमबार बस्दै छ । कम्युनिस्ट सरकारले गडबडी गरे कांग्रेसले संसद अबरोधसम्म गर्ने रणनीति बनाएको छ ।

Published : Monday, 2019 January 21, 7:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया