महरा र पोखरेलले केही गर्न सक्दैनन्, जे गर्छ दाङमा कांग्रेसले गर्छः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङलाई प्रदेशको राजधानी बनाउने भनेर दिएको आश्वासन पूरा गर्ने दायित्वबाट कम्युनिस्टहरू भाग्न थालेको आरोप लगाएका छन् ।

दाङको खयरभट्टीस्थित जनज्योति प्राथमिक विद्यालयलाई भवन निर्माणमा सहयोग गर्ने दाताहरूको सम्मानमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै नेता गिरीले दाङलाई प्रदेशको राजधानी बनाउने चुनावी नारा बनाएका तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूले निर्वाचन जितेपछि जनतालाई बाँडेको सपनाबाट भागेको बताए ।

अहिलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले सडक, पुल निर्माणलाई तिव्र गतिमा अगाडि बढाउने भनेर दिएको आश्वासनहरू पनि जनता झुक्काउने मात्रै भएको कांग्रेस नेता गिरीले बताएका छन् ।

‘चुनावको वेला प्रदेश ५ को राजधानी दाङ ल्याउने बाचा गर्नुभएका अहिलेका मुख्यमन्त्री र सभामुखले सबै कुरा भुल्नुभयो’, गिरीले भने, ‘कम्युनिष्टहरूको गुलिया नाराको पछाडि कहिल्यै लाग्नु हुँदैन ।’ उनले भने, ‘मुख्यमन्त्री र सभामुख जस्तो शक्तिशाली पदमा बस्दा पनि शंकर पोखरेल र कृष्णबहादुर महराजीले केही गर्ने जस्ता लाग्दैन । उहाँहरू जनता ढाँट्न माहिर हुनुहुन्छ ।’

नेपाली कांग्रेसका प्रभावशाली नेता गिरीले जनताका हरेक सुःख दुःखमा साथ दिन आफू तयार रहेको बताए । ‘दाङका जनताको पक्षमा म छु । नेपाली कांग्रेसको साथ छ’, उनले भने, ‘दाङको विकास नेपाली कांग्रेसले गरेको हो । आउँदा दिनमा पनि नेपाली कांग्रेसले नै दाङ र दङगाली जनताका लागि काम गर्छ ।’

पूर्व सिचाइँमन्त्री समेत रहेका कांग्रेसका नेता गिरीले राजनीति फाइदाका लागि नभइ जनताको सेवाका लागि हुनुपर्ने बताएका छन् । ‘जनताको सेवाको लागि म जतिबेला पनि तयार छु’, उनले भने, ‘दुःख पर्दा २४सैं घण्टा मेरो फोनमा फोन गर्नुहोला । सहयोग गर्न तयार छु ।’

नेता गिरीले कम्युनिष्टहरूले जनतालाई झुक्याएर जितेको आरोप पनि लगाए । ‘दुई तिहाईको सरकार हुँदा समेत कम्युनिष्टहरूले सिन्को पनि भाँच्न सकेका छैनन्’, उनले भने, ‘कांग्रेसले गरेको काममाथि अहिले गफ मात्रै गर्ने काम भैहरेको छ ।’

कम्युनिष्टहरूले जनतालाई झुक्याएर चुनाव जितेको भएपनि अब भने उनीहरूको बास्तविक चरित्र उदाङ्गो भइसकेको भन्दै कांग्रेसका नेता गिरीले धेरै चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरे ।

नेता गिरीले आफू ९ महिना मन्त्री हुँदा पश्चिम दाङमा विकासको बहार ल्याएको बताए । ‘कम्युनिष्टहरूले आगामी ५ वर्षमा त्यसको एकछेउ पनि विकास गर्न सक्दैनन्’, उनले भन, ‘निर्वाचन पराजित भएपनि मेरो तागतले भ्याएसम्म सधैँ जनताको सेवा र विकासमा लागि रहनेछु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमलाल ओलीको अध्यक्षतामा भएको कर्यक्रममा पूर्वसांसद कृष्णकिशोर घिमिरेले दाङको विकास कांग्रेसकै पालामा भएको बताए । उनले दाङको विकासमा कम्युनिष्टहरूले गर्न नसक्ने बताए ।

नेपाली कांग्रेस दाङ जिल्ला सचिव शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, शंकर गिरी, केशव आचार्य, शुरेस हमाल, कुलबहादुर केसी, बबई गाँउपालिकाका संयोजक बलबहादुर बुढा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष इन्द्रबहादुर ओली लगायतले कांग्रेसको पराजयसंगै कम्युनिस्टहरूको अधिनायकवाद हाबी हुन थालेको बताए ।

कर्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक लीलाधर खड्काले गरेका थिए । विद्यालय भवन निर्माणका लागि प्रमुख अतिथि गिरीले २५ हजार आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो ।

Published : Monday, 2019 January 21, 8:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया