नाम फेरेर देखाउन ओलीलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलका उपनेता विजयकुमार गच्दारले कम्युनिस्ट सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा भएका परिवर्तनलाई ओझेल पार्न खोजिरहेको आरोप लगाएका छन् ।

सोमबार संसद बैठकको शुरुमै सभामुख कृष्णबहादुर महरासँग समय लिएर कांग्रेसका उपनेता गच्छदारले सशस्त्र युद्धलाई शान्ति प्रक्रियामार्फत् टुंग्याउन महत्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएका परिवर्तनलाई ओझेल पार्न खोज्नु सार्वभौम संसदको अपमान भएको बताए ।

कांग्रेसकै नेता वीपी कोइरालाको नाममा राजमार्ग बनेको स्मरण गराउँदै गच्छदारले हिम्मत भए वीपी राजमार्गको नाम परिवर्तन गरेर केपी ओली राजमार्ग राख्न चुनौती दिए ।

सरकारले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल विघटन गर्न लागेको भन्दै उनले आपत्ति जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई ढाँटेको दाबी गर्दै गच्छदारले भने, ‘प्रधानमन्त्रीले संसदमा बोलेको कुरा झुठ हुन्छ भने सरकारप्रति जनताको धारणा के बन्छ ?’

उनले स्वास्थ्य मन्त्रालयबाट संघीय सरकारको मातहतमा रहने गरी गठनादेशको निर्णयका लागि पठाएका ११ अस्पतालका बारेमा निर्णय हुनअघि प्रधानमन्त्रीले राजनीतिक दलका नेताहरुको नाममा खुलेका कुनै पनि अस्पताल विघटन नहुने बताए पनि निर्णय आफ्नै बोली विपरित गरेको बताए ।

पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद र सुशीललाई राष्ट्रले बिर्सन नसक्ने भन्दै गच्छदारले उनीहरूलाई सार्वभौम संसदले पनि बिर्सन नमिल्ने बताए ।

उनले तनहुँ र बाँकेमा पूर्वप्रधानमन्त्रीद्वयको नाममा खुलेका अस्पताललाई तत्काल संघीय सरकारले सञ्चालन गर्ने गरी निर्णय गर्न सरकारसँग माग गरेक छन् ।

Published : Monday, 2019 January 21, 1:18 pm

1 प्रतिकृया प्राप्त “नाम फेरेर देखाउन ओलीलाई कांग्रेसको चुनौती”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया