प्रचण्डलाई पारिवारिक तनाव, पत्नी सीता र बुहारी बिना अस्पतालमा भर्ना

काठमाडौं । सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल र बुहारी बिना मगर बिरामी भएपछि एउटै अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

सासु र बुहारीलाई रुघाखोकी फ्लु देखिएको छ । रुघाखोकीको फ्लु देखिएपछि सीता दाहाललाई आइसीयुमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

सीता दाहाललाई ललितपुरको धापाखेलमा रहेको एक निजी अस्पतालमा आइतबार भर्ना गरिएको थियो । खानेपानी तथा सरसफाइमन्त्री समेत रहेकी बिना मगरलाई पनि सोही अस्पतालमा भर्ना गरिएको छ ।

‘उहाँलाई रुघाखोकी फ्लु देखियो’, स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्था स्थिर छ ।’ सीता दाहालको उपचारमा डा.युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन् ।

सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित छिन् ।

यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन् । सीता दाहाललाई प्रेसर र सुगरको समेत समस्या छ ।

Published : Tuesday, 2019 January 22, 11:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया