तरुण दलको आन्दोलन आजदेखि शुरु, कम्युनिस्टहरूको ढुकढुकी बढ्यो

विराटनगर । नेपाल तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध आजदेखि आन्दोलन शुरु गरेको छ ।

विराटनगरबाट शुरु हुने तरुण दलको विरोध र्‍याली र विरोध सभा सात प्रदेशमा हुनेछ । तरुण दलले विरोध र्‍याली र विरोध सभामा हज्जारौँ कार्यकर्ता उतार्ने जनाएको छ ।

तरुण दलले कम्युनिस्ट सरकारले भ्रष्टाचार, महँगी रोक्न नसकेको, बलात्कारी, हत्यालाई संरक्षण गरेको आरोप लगाउँदै आन्दोलन शुरु गरेको हो ।

आजदेखि शुरु भएको तरुण दलको विरोध र्‍याली र विरोध सभाहरू सात वटै प्रदेशका राजधानीहरूमा हुनेछ ।

विरोध र्‍याली र विरोध सभाहरूलाई तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले सम्बोधन गर्नेछन् ।

कम्युनिस्ट सरकारले मुलुकमा अधिनायकवाद लाद्न थालेको भन्दै तरुण दलले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

तरुण दलले आज पहिलो दिनको विरोध र्‍याली र विरोध सभा विराटनगरमा गर्नेछ । त्यसपछि क्रमशः प्रत्येक दिन जनकपुर, मकवानपुर, पोखरा, बुटवल, वीरेन्द्रनगर र धनगढीमा विरोध र्‍याली र सभाहरू हुनेछन् ।

Published : Tuesday, 2019 January 22, 11:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया