कांग्रेसका अगाडि कम्युनिस्टहरूको केही सिप चलेन, संसद बैठक अबरुद्ध

काठमाडौं । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल कम्युनिस्ट सरकारले खारेज प्रक्रियामा लगेको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो दिनको संसदको बैठक अबरुद्ध गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरूले रोस्टम अगाडि गएर अबरोध गरेका हुन् । कांग्रेसका सांसदहरूले रोस्टम अगाडि पुगेर सरकार र सभामुखको कार्यशैलीविरुद्ध नारावाजी गरेका थिए ।

कांग्रेसका सांसद प्रकाशमान सिंहले राजनीतिक पूर्वाग्रह राखेर गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको श्वास प्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको क्यान्सर अस्पताल खारेज प्रक्रियामा लगेको भन्दै सरकारको आलोचना गरे ।

कांग्रेसले अबरोध गरेपछि सभामुख महराले १५ मिनटका लागि संसदको बैठक स्थगित गरेका छन् ।

नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर कम्युनिस्ट सरकारले गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताललाई खारेज प्रक्रियामा लगेको छ । त्यसपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

Published : Tuesday, 2019 January 22, 3:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया