विराटनगरमा तरुण दलको कम्युनिस्ट सरकार विरोधी प्रदर्शन (तस्वीर)

विराटनगर । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदेश १ को राजधानी विराटनगरबाट विरोध र्‍याली र विरोध प्रदर्शन शुरु गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाहीसहितका केन्द्रीय नेता र स्थानीय नेता तथा कार्यकर्तासहित तरुण दलले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको हो । विरोध र्‍यालीमा तरुण दलका सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

विरोध र्‍यालीमा सहभागीहरूले कम्युनिस्ट सरकारले भ्रष्टाचारी, बलात्कार, हत्यारालाई संरक्षण गरेको भन्दै आलोचना गरेका थिए । उनीहरूले कम्युनिस्ट सरकार आउनेवित्तिकै महँगी वृद्धि भएको पनि बताए ।

तरुण दलका नेताहरूले निर्वाचन अगाडि बोलेका कुनै पनि कुरा नगरेको बताए । उनीहरूले निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बनाएर घरघरमा ल्याइदिने भनेर केपी ओलीले जनतालाई झुक्काएको बताए ।

तरुण दलले माघ ८ गतेदेखि १४ गतेसम्म सात वटै प्रदेशका राजधानीहरूमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।

Published : Tuesday, 2019 January 22, 6:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया