एन्फुलुएञ्जाबाट बच्न अपील, किरिया घरबाट लिइयो नमूना

काठमाडौं । काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको आग्रहमा स्वास्थ्य विभागले नमूना संकलन गर्नुका साथै चेकजाँच गरेको छ ।

काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए ।

मृत्यु भएका व्यक्तिका आफन्तहरू चावहिलमा काजकिरियामा बसेका छन् । विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा.प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरिएको छ । ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ । अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ ।’

डा.शाहले भने, ‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गराउनु पर्छ । हेलचेक्राइ गर्नु हुँदैन ।’

हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सर्तकता अपनाएका हुन् ।

सो विषयमा जानकारी पाएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूको टोलीलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका थिए ।

Published : Tuesday, 2019 January 22, 7:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया