प्रहरीको कुटाइबाट नेविसंघका महामन्त्री काफ्लेसहित ३ जना घाइते

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।

डा. गोविन्द केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनीष सिंखडा घाइते भएका छन । घाइतेहरूको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको छ ।

नेविसंघले कम्यनिस्ट सरकारको अधिनायकवाद र दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।

बसेको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि नेविसंघका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।

त्यसक्रममा उनीहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराल प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए । कांग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दवाव दिँदै सोमबारबाट संसद बैठक अवरुद्ध पारिरहेको छ ।

Published : Tuesday, 2019 January 22, 9:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया