तरुण दलले निर्मलाका बलात्कारी र हत्याराको नाम किटानी गर्‍यो, गृहमन्त्रीका छोरालाई तनाव

बुटवल । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या हुँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा कञ्चनपुरमै रहेको भन्दै हत्या संलग्नतामा उनको आशंका गरेका छन् ।

नेपाल तरुण दलले प्रदेश ५ को राजधानी बुटवलमा शनिबार आयोजना गरेको विरोध र्‍योलीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्री थापाका छोराको संलग्ना रहेको हुन सक्ने चौतर्फी कुरा आएको बताए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार र हत्या हुँदा गृहमन्त्री थापाका छोरा कञ्चनपुरमा थिए । प्रमाणहरू नष्ट गरिएका छन् । उनको संलग्ना छ भनेर कुरा आइरहेको छ । गृहमन्त्री थापाका छोरालाई अनुसन्धानको दायरामा ल्याउनु पर्छ । कारबाही हुनुपर्छ ।’

‘जुनदिन निर्मला पन्तको बलात्कार भयो । निर्मलाको हत्या भयो त्यस दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को छोरा कञ्चनपुरमा थिए । बलात्कार र हत्यामा संलग्नताको कुरा आइरहेको छ’, अध्यक्ष बस्नेतले भने, ‘बलात्कार र हत्यामा जित ठूलो व्यक्ति भएपनि त्यसलाई तरुण दलले कारबाही गर्छ ।’

उनले निर्मला पन्तका बलात्कारी र हत्यारालाई तरुण दलले उन्मुक्ति नदिने चेतावनी दिए । तरुण दलको आरोपपछि गृहमन्त्री थापालाई ठूलो चुनौती थपिएको छ । उनलाई आफ्ना एक्ला छोरा प्रतीक थापामाथि के गर्ने भनेर नैतिक प्रश्न उब्जिएको छ ।

‘गृहमन्त्री थापा बादल हुन् भने बादललाई तरुण दलले चट्याङ बनेर बादललई फुटाउँछ’, उनले भने, ‘गृहमन्त्री थापाको छोरालाई कारबाही हुनुपर्छ । गृहमन्त्रीका छोराका धेरै कुराहरू आइरहेका छन् । कस्ता कस्ता घटनामा उनी संलग्न छन् भन्ने कुरा पनि आएको छ ।’

निर्मला पन्तका बलात्कारी र हत्यारालाई संरक्षण गरेको तरुण दलका अध्यक्ष बस्नेतले बताए । तरुण दलले वर्तमान सरकारका गलत कुराहरूको भण्डाफोर गर्न थालेपछि गृहमन्त्री थापाको ठाडो आदेश र निर्देशनमा प्रहरी लगाएर तरुण दलका नेता र कार्यकर्ताहरूलाई झुठ्ठा मुद्धा लगाएर दुःख दिइरहेको बस्नेतले आरोप लगाए ।

Published : Saturday, 2019 January 26, 8:51 pm

3 प्रतिकृया प्राप्त “तरुण दलले निर्मलाका बलात्कारी र हत्याराको नाम किटानी गर्‍यो, गृहमन्त्रीका छोरालाई तनाव”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया