‘ओली–प्रचण्ड’को घरमा तस्करीको सुन, तरुण दलले कब्जा गर्ने

बुटवल । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तस्करीको सुन खोज्न खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा जाने चेतावनी दिएका छन् ।

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदेश ५ को राजधानी बुटवलमा शनिबार आयोजित विरोध र्‍यालीपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सुनकाण्डमा मुछिएका राजनीतिककर्मीहरूलाई कारबाही गर्न माग गरे ।

३३ किलो सुनका तस्किरीमा संलग्नहरू धमाधम छुट्न थालेको भन्दै बस्नेतले भने, ‘३३ किलो मात्रै होइन सयौँ क्वीन्टल सुन भित्रिएको छ । त्यसमा राजनीतिक नेतृत्वमा पनि छ । उनीहरूलाई समेत कारबाही हुनुपर्छ ।’

३३ किलो सुन खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा लुकाएर राखिएको हुन सक्ने आशंका गरेका तरुण दलका अध्यक्ष बस्नेतले भने, ‘यो कम्युनिस्ट सरकारले सुन तस्करहरूलाई भटाभट छाड्न थालेको छ । त्यो तस्करीको सुन ओली र प्रचण्डको घरमा लुकाएर राखिएको छ ।’

सुन तस्करलाई कारबाही नगरिए तरुण दलले तस्करीको सुन खोज्न ओली र प्रचण्डको घर फोडेर निकाल्ने बस्नेतले चेतावनी दिए । ‘तस्करीको सुन अब तरुण दलले खोज्छ’, अध्यक्ष बस्नेतले भने, ‘असली सुन तस्करलाई कारबाही भएन भने तरुण दलले ओली र प्रचण्डको घर फोडेर तस्करीको सुन बाहिर ल्याउँछ ।’

‘ओली र प्रचण्डको घर अहिले नै फोडेर हेर्न हो भन तस्करीका सुन भेटिन सक्छ’, उनले भने, ‘भोलिका दिनमा तपाईको घर फोड्ने दिन नओस् । सुन राज्यलाई बुझाउनु प¥यो । यो देश बन्नुपर्छ । जसले बनाएपछि हुन्छ ।’

Published : Saturday, 2019 January 26, 9:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया