सुर्खेतमा तरुण दलको ऐतिहाँसिक प्रदर्शन, तनावमा कम्युनिस्ट सरकार (तस्वीर)

वीरेन्द्रनगर । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवाविरुद्ध सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आइतबार भव्य विरोध र्‍याली र विरोध सभा गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानको परिक्रमा गरेको तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध नारावाजी गरेको थियो । विरोध र्‍यालीको नेतृत्व नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीसहितका अगुवा तरुण नेताहरूले गरेका थिए ।

तरुण दलले आफ्नो छैटौँ विरोध सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा आइतबार गरेको हो । विरोध र्‍यालीमा उत्साहका साथ कांग्रेसका शुभेच्छुकहरूको पनि सहभागिता रहेको थियो ।

हज्जारौँ युवा तरणहरूको सहभागिता रहेको विरोध ¥यालीमा सहभागीहरूले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गर्नुका साथै चिकित्सा शिक्षा विधेयकको विरोध गरेका थिए ।

उनीहरूले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पतालहरू प्रदेश सरकारको मातहतमा राखेर खारेजी प्रक्रियामा लगेको भन्दै कम्युनिस्ट सरकारको विरोध गरे ।

तरुण दलका कार्यकर्ताहरूले नारावाजी गर्ने क्रममा वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारलाई कारबाही, निर्मला पन्तका बलात्कारी र हत्यारालाई पक्राउ गरेर कारबाही लगायतका माग गरेका थिए ।

कम्युनिस्ट सरकारको अधिनायकवादी शैली, भ्रष्टाचार, हत्या हिंसाको विरोधमा नेपाल तरुण दलले माघ ८ गतेदेखि विरोध र्‍याली र विरोध सभा गरेको हो ।

विराटनगर, जनकपुरधाम, हेटौँडा, पोखरा र बुटवलमा विरोध र्‍याली र विरोध सभा गरेको तरुण दलले आइतबार वीरेन्द्रनगर नगरपालिकामा छैटौँ कार्यक्रम गरेको छ । तरुण दलले सोमबार आफन्तो अन्तिम विरोध र्‍याली र विरोध सभा कर्णाली प्रदेशको राजधानी धनगढीमा गर्नेछ ।

त्यसपछि तरुण दलका नेताहरूले महेन्द्रनगर पुगेर निर्मला पन्तका परिवारसँग भेट गरेर निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाही गर्नका लागि दवाव दिने महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

Published : Sunday, 2019 January 27, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया