कम्युनिस्ट सरकार निदाएका बेला मसालसहित निस्किए नेविसंघका योद्धाहरू

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध काठमाडौंमा आइतबार साँझ मसाल जुलुस निकालेको छ ।

काठमाडौंको कोटेश्वरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

मसाल जुलुसको नेतृत्व नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले गरेका थिए ।

नेविसंघले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आइतबार बिहानैदेखि राजधानीसहित देशका विभिन्न स्थानहरूमा विरोध प्रदर्शन गरिरहेको छ ।

नेविसंघको विरोध प्रदर्शनबाट आत्तिएको कम्युनिस्ट सरकारले सुरक्षाकर्मी लगाएर व्यापक धरपकड समेत गरेको छ । नेविसंघले धरपकड र दमन नगर्न कम्युनिस्ट सरकार र सुरक्षाकर्मीहरूलाई चेतावनी दिएको छ ।

नेविसंघका कार्यकर्ताहरूले प्रदर्शनीमार्गस्थिट नेपाल ल क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन् ।

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ गर्न पनि नेविसंघले माग गरेको छ ।

Published : Sunday, 2019 January 27, 9:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया