निर्मला पन्तसँग डिएनए मिल्यो

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।

पन्तको शवबाट निकालिएको भनिएको भजाइनल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी पन्तले डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमूना समेत दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । मानवअधिकार आयोगले भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले भजाइनल स्वाबको डीएनए र दुर्गादेवी पन्तको डीएनए मिलेको बताएको छ ।

निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरेका छन् ।

निर्मला पन्तकी आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले जनाएको छ ।

Published : Monday, 2019 January 28, 11:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया