कांग्रेसका सांसदहरुलाई कम्युनिस्ट सरकारले ‘मार्सल’ लगाएर देखायो ‘रुप’

काठमाडौं । कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दलको विरोधको बेवास्ता गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा प्रस्तुत गरेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कांग्रेसका सांसदहरु आआफ्नो सिटमा उभिएर विरोध गर्दा पनि बैठक अगाडि बढाएका थिए ।

संसदीय पद्धति र नियमावलीअनुसार प्रमुख विपक्षी दलले विरोध गर्दा संसद बैठक चल्न सक्दैन । तर, कम्युनिस्ट सरकारले प्रतिनिधि सभा पनि मार्सल लगाएर चलाएको थियो । सोमबार पनि कम्युनिस्ट सरकारको दवावमा राष्ट्रिय सभाको बैठक कांग्रेसको विरोध हुँदाहुँदै चलाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई रोष्ट्रमबाट पेश गर्न थालेपछि नेपाली कांग्रेसका सांसदहरु रोष्ट्रम अगाडि पुगेर नारावाजी गरेका थिए ।

तर, प्रमुख विपक्षी दलको विरोधलाइ बेवास्ता गर्दै कम्युनिस्ट सरकारका मन्त्री पोखरेलले विधेयकलाई राष्ट्रिय सभामा पेश गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीका बीच सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयक प्रस्तुत गरेका हुन् ।

यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइारालाको नामको अस्पताल खारेजीको प्रक्रियामा लगेको भन्ने सन्दर्भमा राष्ट्रियसभामा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

विधेयकमाथि कुनै संशोधन भए सिंहदबारस्थित संसद सचिवालयमा संशोधन दर्ता गराउन अध्यक्ष तिमिल्सिनाले समय दिएका छन् । राष्ट्रियसभाको अर्को बैठक १७ माघमा बोलाइएको छ ।

Published : Monday, 2019 January 28, 1:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया