कम्युनिस्ट सरकारलाई तह लगाउन कांग्रेसले निकाल्यो कठोर जुक्ति

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा टेबल गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याएर ल्याउन कम्युनिस्ट सरकारलाई अल्टिमेटम दिएको छ ।

नेपाली कांग्रेसले संसदमा आफूलाई पेलेरै लैजाने मागको सुनुवाई नभए संसद बैठक बहिस्कारको चेतावनी दिएको छ । कांग्रेसले संसद बहिस्कार गर्‍यो भने संसद चल्न सक्ने छैन । कांग्रेसले कम्युनिस्ट सरकारलाई तह लगाउन संसद बहिस्कारको कठोर निर्णयको तयारीमा पुगेको हो ।

कांग्रेसले विधेयकलाई सच्याएर ल्याउन ७२ घण्टे अल्टिमेटम दिएको हो । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सरकारले ७२ घण्टाभित्र चिकित्सा शिक्षा विधेयक सच्याएर ल्याउन सरकारलाई अल्टिमेटम दिएको बताए ।

उनले चिकित्सा विधेयकमा डा.गोविन्द केसीको माग अनुसार सच्याएर राष्ट्रियसभामा पुनः पेश नगरे संसद बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको विरोधका बीच राष्ट्रियसभाको सोमबारको बैठकमा चिकित्सा विधेयक टेवल गरिएकोमा पाण्डेले आपत्ति जनाए ।

पाण्डेले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सरकारले बलजफ्ती प्रतिनिधिसभाबाट पारित गरिएको विधेयक राष्ट्रियसभाबाट पनि पारित गराउन खोजेको भन्दै मान्य नहुने पार्टीको अडान पनि दोहार्‍याए ।

कांग्रेसका नेता पाण्डेले आफ्नो पार्टीको मागअनुसार पार्टीका नेताहरुको नाममा स्थापना गरिएको २ वटा अस्पताल केन्द्र सरकारको मातहत राख्ने र डा.गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद र संसदीय प्रक्रियामा सहभागी नहुने चेतावनी दिँदै आएको छ ।

पाण्डेले संसद कम्युनिस्ट सरकारको लाचार छायाँको रुपमा सञ्चालन गरिएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाप्रति पनि असन्तुष्टि जनाए ।

Published : Monday, 2019 January 28, 2:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया