हृदयघाट भएका पारस शाहको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक हृदयघात भएको छ । हृदयघात भएपछि शाहको मुटुको धमनीमा स्टेन्ट हालिएको छ ।

शाहलाई यसअघि बैंककमा हृदयघात भएपछि स्टेन्ट हालिएको ठाउँमै यसपटक धमनीमा अवरोध देखिएको हो ।

शाहलाई सोमबार दिउँसो सवा चार बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्व युवराज शाहलाई मुटुरोग विशेषज्ञ डा.यादव भट्ट र डा.जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार जारी राखिएको छ ।

शाहको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो । पूर्व युवराज शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

पूर्वयुवराज शाह सोमबार ललितपुरका विभिन्न मन्दिरहरूमा पुगेर पूजाअर्चना गरेका थिए ।

Published : Monday, 2019 January 28, 8:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया