देवी सार्कीलाई भेटेपछि गगन थापा गदगद

पर्वत । पर्वत जिल्लामा आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने नेपाली कांग्रेसका युवा नेता गगन थापालाई भेट्दा देवी सार्की मख्ख परेकी छन् ।

आफैले आर्थिक सहयोग गरेकी बालिकाले राम्रोसँग अध्ययन गरेको देख्दा थापा पनि गदगद भएका छन् ।

मंगलबार पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका बेला थापालाई भेटेपछि देवी मख्ख भएकी हुन् । देवीले आफूलाई पढाउन सहयोग गर्ने थापासँग भीडलाई छिचोल्दै फोटो समेत खिचाइन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ मा रहेको तालपोखरी प्रावि दुर्लुङमा कक्षा तीनमा पढिरहेकी देवी सार्कीको सम्पूर्ण पढाइ खर्च युवा नेता थापाले व्यहोर्दै आएका छन् ।

कक्षा एकमा भर्ना भएको वर्षदेखि नै देवी सार्कीको सम्पूर्ण खर्च थापाले व्यहोर्दै आएको ‘छोरी पढाउनु अभियान’का अभियान्त प्रेम विकले बताए ।

‘बिहान र बेलुकोको खानामात्र बुबाआमाले खुवाउनु हुन्छ बाँकी सबै खर्च गगन थापाले गर्दै आउनु भएको छ’, विकले जानकारी दिए ।

स्कूलमा लाग्ने सम्पूर्ण खर्च स्टेशनरी, ड्रेस, दशैंका लागि लुगा, आवश्यकता अनुसार जुत्ता, जाडोको लागि आवश्यक लुगा लगायतको सहयोग थापाले गर्ने गरेका छन् ।

यसले आर्थिक अभावमा स्कूल जान नसक्ने देवी सार्की जस्तालाई ठूलो सहयोग पुगेको विकको भनाइरहेको छ ।

देवी सार्कीलाई थापाले कक्षा १२ सम्म नै पढाउन आर्थिक सहयोग गर्ने बताएका छन् । दुर्गाका बुबाआमा स्थानीयस्तरमा नै मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

Published : Tuesday, 2019 January 29, 8:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया