कम्युनिस्ट सरकारले डा.केसीका थुप्रै समर्थकलाई छापामार शैलीमा उठायो

काठमाडौं । कम्युस्टि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारकर्मीहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजले बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित ससद भवन अगाडि कम्युनिस्ट सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ४१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।

कम्युनिस्ट सरकारका पर्यटनमन्त्री अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित समाजले दोस्रो धर्ना र प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा उत्रिएका ९ जना महिलासहित ३२ जना अघिकारकर्मीहरुलाई गिरफ्तार गरेको समाजद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, वीपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

धर्नामा अधिकारकर्मीहरुले ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गोः नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन्ः नेपाली जनता रोएका छन्, ठूला नेता मिलेकाः साढे चार अरब निलेका, दुई तिहाइ सरकारको उपहारः साढे चार अरव भ्रष्टाचार, डा.केसीसँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचारः मूल दोषीहरुलाई कारबाही गर, लगायतका प्लेकार्ड बोकेका थिए ।

समाजद्वारा सञ्चालित यस अभियानका क्रममा पहिलो धर्ना माघ ८ गते काठमाडौंमा सम्पन्न भएको थियो । शान्ति समाजका दुई दर्जन जिल्ला शाखाहरुले स्थानीय प्रमुख जिल्ला अधिकारीहरुमार्फत कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

Published : Wednesday, 2019 January 30, 4:23 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारले डा.केसीका थुप्रै समर्थकलाई छापामार शैलीमा उठायो”

  • समाजले उठायकाे अाबाज सहि छ तर बिना निस्कर्ष अान्दाेलन राेक्नुहुदैन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया