जनकपुरमा नेविसंघमाथि कठोर दमन, दुईजना घाइते

जनकपुर । कम्युनिस्ट सरकारविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले धनुषामा निकालिएको मसाल जुलुस र कोण सभामा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरू घाइते भएका छन् ।

नेविसंघ केन्द्रीय कार्यसमिति निर्णयअनुसार धनुषा नेविसंघले बुधबार जनकपुरमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले हस्तक्षेप गर्दा रारा बहुमुखी क्याम्पस विद्यार्थी नेताहरू सुजित र मनीष घाइते भएका छन् ।

रेल्वे स्टेशनबाट जनकचौकसम्म नेविसंघले आयोजना गरेको शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको नेविसंघ धनुषाले जनाएको छ ।

नेविसंघले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोमा निन्दा एवम् भर्त्सना गरेको छ । नेविसंघले दोषी प्रहरीलाई कारबाहीको माग पनि गरेको छ ।

Published : Wednesday, 2019 January 30, 9:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया