सरकारी सम्पत्ति जोगाउन नेविसंघले निकाल्यो गज्जवको जुक्ति, कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार मुर्दावाद’को नारा लेखेपछि कम्युनिस्ट सरकारलाई तनाव बढेको छ ।

उच्च सुरक्ष घेरामा रहेका मुख्यमन्त्री शाहको गाडीमा नेविसंघका कार्यकर्ताहरुले सुरक्षाकर्मीको आँखा छलेर गाडीमा ‘माफिया सरकार मुर्दावाद’को नारा लेखेका हुन् ।

नेविसंघका कार्यकर्ताहरुले कम्युनिस्ट सरकारले राष्ट्रिय स्वास्थ्य शिक्षा विधेयक पारित गराएपछि आन्दोलनमा उत्रिएको छ । नेविसंघले सरकार नै माफियाको निर्देशनमा चलेको भन्दै विद्यार्थीले मुख्यमन्त्री शाहीको गाडीमा ‘माफिया सरकार मुर्दावाद’को नारा लेखेका हुन् ।

नेविसंघले राजधानीमा पनि सरकारी गाडीहरुमा ‘माफिया सरकार मुर्दावाद’को नारा लगाउने अभियान चलाएको छ । यो अभियानलाई नेविसंघले देशव्यापी रुपमा चलाएको जनाएको छ ।

कम्युनिस्ट सरकारका मुख्यमन्त्री शाहीको गाडीमा नेविसंघ केन्द्रीय सदस्य अर्जुन बम र अनिलबहादुर शाहीसहितका विद्यार्थी नेताहरुले ‘माफिया सरकार मुर्दावाद’को नारा लेखेका हुन् ।

नेविसंघका नेताहरुले सरकारी गाडी तोडफोड गरेर राज्यको सम्पत्तिमा क्षति पु¥याउनुभन्दा ‘माफिया सरकार मुर्दावाद’ लेख्ने अभियान चलाएको बताएका छन् ।

Published : Thursday, 2019 January 31, 4:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया