कम्युनिस्ट प्रधानमन्त्रीलाई ४० भन्दा धेरै गाडीको स्कर्टिङ, भाइरल बने ओली

काठमाडौं । पुलको उदघाटन गर्न गृहजिल्ला झापा पुगेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वागतमा ४० भन्दा धेरै गाडीले स्कर्टिङ गरेका छन् ।

ओली पुलको उदघाटन गर्न बिहीबार झापा गएका थिए । बिहीबार जिल्लामा भएका अन्य कार्यक्रमहरूमा पनि सहभागी भएका थिए ।

ओलीको गाडीको अगाडि र पछाडि गरेर ४० भन्दा धेरै गाडीहरू रहेका थिए ।

फेसबुकमा राखिएको एउटा भिडियोमा चालीस वटा गाडीले ओलीको गाडीलाई स्कर्टिङ गरेको देखिएको छ । ओली हिँड्ने बेला सडकलाई पूरै खाली बनाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको बिलासी गाडी र ढेड अर्बभन्दा धेरै मूल्यको हेलिकप्टर खरिद गरेर विवादमा आएका ओलीले झापामा आफ्नै स्कर्टिङमा चालीसभन्दा धेरै गाडी अगाडि पछाडि गराएर चर्चामा आएका छन् ।

ओलीले राष्ट्रपति भण्डारीलाई नेपाल प्रहरीको महाराजञ्जस्थित जग्गा पनि दिलाइदिएका छन् ।

हुन त यसअघि पनि प्रदेश २ की मन्त्री एवम् राजपा नेपालको अध्यक्षमण्डका सदस्य अनिलकुमार झाकी पत्नी डिम्पल झाले पनि झण्डै एक सय गाडीको स्कर्टिङ गराएर गृहजिल्ला रौतहट पुगेकी थिइन् । तयस बेला मन्त्री झाको आलोचना भएको थियो ।

प्रदेश मन्त्री झाको त्यो स्कर्टिङलाई बिर्साउने गरेर प्रधानमन्त्री ओलीले झापामा स्कर्टिङ गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Published : Friday, 2019 February 1, 9:37 am

1 प्रतिकृया प्राप्त “कम्युनिस्ट प्रधानमन्त्रीलाई ४० भन्दा धेरै गाडीको स्कर्टिङ, भाइरल बने ओली”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया