कम्युनिस्ट सरकारद्धारा चिकित्सकहरुमाथि दमन, हिरासतमै नारावाजी

काठमाडौं । डा.गोविन्द केसीको जीवनरक्षाको मागसहित प्रदर्शनमा उत्रिएका चिकित्सकहरुलाई कम्युनिस्ट सरकारले दमन गर्दै पक्राउ गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका १८ जना आवासीय चिकित्सकहरुलाई प्रहरीले शुक्रबार कान्ति बाल अस्पताल अगाडिबाट पक्राउ गरेको हो । आकस्मिक बाहेकका सेवा अबरुद्ध गरेर नारावाजीमा उत्रिएका चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउपर्नेमा नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. समित पाण्डेसहित १८ चिकित्सकहरु रहेका छन् ।

पक्राउ पर्नेमा डा.बद्री अर्याल, डा. समीर चापागाइँ, डा.विशाल अग्रवाल, डा.अमिर श्रेष्ठ, डा.अमित शर्मा, डा.हेमन्त बास्तोला, डा.राजन लामिछाने, डा.सिद्धार्थ भण्डारी, डा.उपमा श्रेष्ठ, डा.कविता मानन्धर, डा.अकाश शेर्पाली, डा.आनन्द सिंह, डा.पदम जोशी, डा.विश्वराज तिम्सिना, डा.अपूर्व आचार्यसहितका रहेका छन् ।

डा.केसीको माग पूरा गर भन्ने नाराबाजीसहित राष्ट्रपतिको निवासतर्फ अगाडि बढेका चिकित्सकहरुलाई प्रहरीले कान्ति बाल अस्पतालतर्फको मोडमा पुगेपछि प्रक्राउ गरेको थियो ।

पक्राउ परेका चिकित्सकहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुले हिरासतमै नारावाजी गरेहका छन् ।

Published : Friday, 2019 February 1, 4:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया