डा.केसीसंग जितेर पनि हार्‍यो कम्युनिस्ट सरकार, रक्षा भयो जीवन

काठमाडौं । डा.गोविन्द केसीले २४औँ दिनमा एकतर्फी रुपमा आफ्नो अनशन तोडेका छन् ।

नेपाली कांग्रेस, पूर्वराष्ट्रपति र नागरिक समाजका अगुवा नेताहरू आग्रहपछि डा.केसीले शुक्रबार साँझ सात बजे आफ्नो १६औँ अनशन तोडेका हुन् ।

सरकारका आलोचकहरूले कम्युनिस्ट सरकारले डा.केसीमाथि विजयी हात पारेपनि पराजित भएको भनेर टिप्पणी गरेका छन् ।

डा.केसीको पक्षमा चिकित्सकहरूले आकस्मिक बाहेकका सेवाहरू बन्द गरेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण नागरिकलाई समस्या नहोस् भनेर डा.केसीले अनशन तोडेको दाबी गरेका छन् ।

डा.केसीले अस्पतालमा कार्यरत सफाइ गर्ने मजदुर र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी अनशन बस्दै आएका थिए । उनको स्वास्थ्यमा खराबी आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाले बिहीबार डा.केसीसँग भेटेर अनशन तोड्न आग्रह गरेका थिए ।

कम्युनिस्ट सरकारले डा.केसीको मागको सुनुवाई नगरेपछि बाध्य भएर कांग्रेसले जीवनरक्षाका लागि अनशनत तोड्न आग्रह गरेको थियो ।

मेडिकल माफियाहरूको पक्षमा कम्युनिस्ट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराएको आरोप छ ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले कम्युनिस्ट सरकारविरुद्ध दैनिक सरह सडक आन्दोलन गर्दै आएका छन् ।

बिहीबार राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएपछि आफ्ना शुभेच्छुकको आग्रहमा डा.केसी अनशन तोड्न तयार भएका हुन् ।

संसदबाट पारित भएको विधेयकमा केही व्यक्तिलाई फाइदा भएपनि राज्य र जनताको हित हुने विषय तोडमोड गरिएको विज्ञप्तिमा उल्लेख छ ।

डा.केसीकै मागमा चिकित्सा क्षेत्र सुधारका लागि कार्यदल बनाउन सरकार तयार भएको थियो । पछि माथेमा प्रतिवेदन कार्यन्वयन गर्न भने सरकारले आनाकानी गर्‍यो ।

१५औं अनशन तोडाउने क्रममा प्रधानमन्त्री केपी ओलीले आफूसँग सम्झौता गरेपनि त्यसलाई इमान्दारीताका साथ कार्यान्वयन नगरेको भन्दै डा.केसीले असन्तुष्टि पोखेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रको नियामक निकाय नै राजनीतिक भर्ती केन्द्र बनाएकाले सुधारको आशा गर्ने ठाउँ नरहेको डा.केसीको विज्ञप्तिमा भनिएको छ ।

२४ दिन पहिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा चिकित्सा शिक्षा विधेयक विधेयक पेश गरेपछि डा.केसीले अनशन सुरु गरेका थिए ।

आफ्नो अनशनका क्रममा साथ दिने इलामका जनता र सुधारको अभियानमा साथ दिने तथा ऐक्यवद्धता जनाउने सबैलाई डा.केसीले धन्यवाद दिएका छन्।

Published : Friday, 2019 February 1, 7:43 pm

1 प्रतिकृया प्राप्त “डा.केसीसंग जितेर पनि हार्‍यो कम्युनिस्ट सरकार, रक्षा भयो जीवन”

  • डा▪गोबिन्द के सी गरिब र निम्नस्तर
    जनतालागी अनसन बसी कस्टकर दिन
    बिताउदै आउनु भयो तपाईका मागका
    बिषय अर्थ सबैलाई ज्ञात हुदै गएको
    अवस्था छ ।यसले भोलीका दिनमा
    हजारौ डा▪के सी सडकमा उर्लिने छन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया