रौतहट र जनकपुरमा नेविसंघका ‘बहादुर लडाकु’हरूले देखाए असली क्षमता, प्रहरी हेरेको हेरै (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंसहित राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सुरक्षा निकायलाई छलेर नेविसंघले ठाउँ ठाउँमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्लामा आगो लगाएको छ ।

काठमाडौं नयाँबानेश्वर, सिंहदरबारको पश्चिम मूल गेट, रौतहट, जनकपुरसहितका जिल्लाहरूमा नेविसंघका लडाकुहरूले कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै कम्युनिस्ट प्रधानमन्त्री ओलीको पुत्लामा आगो सल्काए छन् ।

पुत्लामा आगो सल्काउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरूले कम्युनिस्ट सरकारको अधिनायकवादको विरोध गरेका छन् । उनीहरूले डा.गोविन्द केसीको माग पूरा गर्न र निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाही गर्न माग गरेका छन् ।

नेविसंघले ओलीको पुत्लामा आगो सल्काउने क्रममा पुत्ला खोस्न खोज्ने प्रहरी र नेविसंघका कार्यकर्ताबीच घम्साघम्सी भएको छ । प्रहरीले खोसेर लगेको पुत्लालाई नेविसंघका बहादुर कार्यकर्ताहरूले पुनः खोसेर ल्याएर जलाएका छन् ।

जनकपुरमा पनि नेविसंघका लडाकु कार्यकर्ताहरूले ओलीको पुत्लामा आगो सल्काएका छन् । उनीहरूले ओली सरकारविरुद्ध नारावाजी गर्नुका साथै भ्रष्ट सरकार भन्दै आलोचना गरेका छन् ।  

 

Published : Friday, 2019 February 1, 9:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया