अपराधीहरूको हतियार देखेर कांग्रेस भाग्दैनः उदय शम्शेर राणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदय शम्शेर राणाले कांग्रेसका कार्यकर्ताहरूको मनोवल गिराउन अपराधिक समूह मनोवृत्ति भएका व्यक्तिहरूले हतियारको सहारा लिने गरेको बताएका छन् ।

कपिलवस्तु जिल्लास्थित नेपाल तरुण दलका शहीद स्व.राजेश सेनको घरमा शुक्रबार पुगेका पूर्वअर्थ राज्यमन्त्री समेत रहेका राणाले आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले कांग्रेसलाई क्षति पुर्‍याउन नसक्ने बताए ।

उनले अपराधीहरूको हतियार देखेर कांग्रेसका कार्यकर्ताहरू कहिल्यै पनि पीठ देखाएर नभाग्ने बरु गोली हान्न छाती देखाइदिने बताए ।

स्व.सेनका आफन्त र पत्नीलाई भेटेपछि प्रतिक्रिया दिँदै युवा नेता राणाले भने, ‘स्व.राजेश सेनको हत्याले कांग्रेसमा अरु हज्जारौँ शहीद जन्मिने छन् । शहीद स्व.राजेश सेनको योगदान र मूल्यांकन गरेर कांग्रेसले आफ्नो मार्गदिर्नेशन बनाउनेछ ।’

अपराधिक मनोवृत्तिबाट ग्रसित व्यक्तिहरूको गोली प्रहारबाट नेपाल तरुण दलका कपिलवस्तुका दिवंगत नेता एवम् शहीद राजेश सेनले हज्जारौँ युवाहरूलाई कांग्रेसको सच्चा बाटो देखाएको तरुण दलका पूर्वअध्यक्ष राणाले बताए ।

‘चारतारे झण्डा बोकेर पार्टीको लागि जस्तोसुकै अवस्थामा पनि साथ दिने तमाम कार्यकर्ताहरू र उहाँहरूको परिवारले कांग्रेस पार्टी अभिभावक बनिदिओस् भन्ने चाहेका छन्’, उनले भने, ‘यतातर्फ नेपाली कांग्रेस पार्टीको ध्यान जानुपर्छ । अपराधी मानसिकता भएका व्यक्तिहरूलाई कांग्रेसले उन्मुक्ति दिने छैन ।’

Published : Friday, 2019 February 1, 9:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया