कम्युनिस्ट सरकारले गर्न नसकेको काम नेविसंघले गर्यो, देशभरि प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिदाको दिन गाडी चलाएको आरोप लगाउँदै तीनवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
नेविसंघले सचिव शिशिर ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी लाजिम्पाट नियन्त्रणमा लिएको हो ।
सरकारले सरकारी गाडी विदाको दिन नचलाउने भनेर भनेर आन्तरिक सर्कुलर जारी गरेको थियो ।
आन्तरिक सर्कुलरलाई कर्मचारीहरुले अटेर गरेर सरकारी गाडी शनिबारको दिन पनि चलाउँदै आएका थिए ।
नेविसंघले सरकारी गाडीको दुरुपयोग राक्न गरेको यो अभियानले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पनि राहत मिल्ने नेविसंघका महासचिव कुन्दराज काफ्लेले जनाएका छन् ।
नेविसंघका कार्यकर्ताले लौनचौरबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।
नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुखको बा २ झ ४१८८ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।
शनिबार सरकारी गाडीको दुरुपयोग रोक्ने सरकारी गाडी नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।
कम्युनिस्ट सरकारविरुद्ध सडक आन्दोलन चलाएको नेविसंघले सरकारी सम्पत्ति दुरुपयोग राक्ने जनाउदै आएको छ ।
नेविसंघले शनिबारका दिन सरकारी गाडी नियन्त्रणमा लिएपछि कम्युनिस्ट सरकारलाई तनाव भएको छ ।
बेथिति भयकाे देशमा सहि काम काे सुरूवात भयकाे छ जुनसुकै पाटिकाे सरकार भयपनि यस्ता बेथिति राेक्नु पर्छ राम्राे कामकाे सुरूवात ।