आपतमा पर्‍यो कम्युनिस्ट सरकार, नेविसंघले गर्‍यो अर्को कारबाही

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शनिबारको दिन सरकारी चलाएको भन्दै गाडीमा आगजनी गरिदिएका छन् ।

काठमाडौंको बुद्धनगरमा पाटन उच्च अदालतको एउटा सरकारी गाडीमा शनिबार दिउँसो नेविसंघका कार्यकर्ताले आगजनी गरेका हुन् ।

गाडी पाटन उच्च अदालतको गाडी रहेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

नेविसंघका कार्यकर्ताले लगाएको आगो तत्काल नियन्त्रणमा लिएको गाडीमा पूर्ण क्षति हुन पाएन ।

गाडीमा आगजनी गरेपछि नेविसंघका कार्यकर्ता त्यहाँबाट भागेको प्रहरीले जनाएको छ ।

शनिबार नै बिदाको दिन गाडी चलाएको भन्दै नेविसंघले तीनवटा गाडी नियन्त्रणमा लिइसकेको छ ।

नेविसंघले मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर ढुंगाना चढेको बा १ झ ९९९५ नम्बरको गाडी लाजिम्पाट नियन्त्रणमा लिएको छन् ।

लैनचौरबाट मे १ झ १५१ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।

नेविसंघ डोटीले मेललेक गाउँपालिकाको उपप्रमुखको बा २ झ ४१८८ नम्बरको गाडी पनि नियन्त्रणमा लिएको छ ।

सरकारी गाडीको दुरुपयोग रोक्न सरकारी गाडी नियन्त्रणमा लिएको नेविसंघले जनाएको छ ।

Published : Saturday, 2019 February 2, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया