कम्युनिस्ट सरकारले सबै सुतेका बेला दियो महँगीको उपहार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अधिनायकवाद, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, शान्ति सुरक्षा लगायतको माग गरेर सडक आन्दोलन चलाइ रहेका बेला पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

कम्युनिस्ट सरकारले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो । शनिबार मध्यरातदेखि लागू हुने गरेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले महँग नियन्त्रण गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिदै आइरहेका बेला पेट्रोलियम पदार्थको भारी मात्रामा मूल्य वृद्धि भएको छ ।

शनिबार राति निगमले प्रेस विज्ञप्ति जारी गरेर पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २–२ रुपियाँका दरले बढाएको जानकारी दिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपियाँ पुगेको छ । डिजल र मट्टितेल ९७ रुपियाँ प्रतिलिटर भएको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेससहित सर्वसाधारणहरूको दवावपछि पुस १८ गते निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य २–२ रुपियाँका दरले घटाएको थियो ।

कांग्रेसको दवाव खेप्न नसकेर कम्युनिस्ट सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपियाँमा झरेको थियो भने डिजल र मट्टितेलको मूल्य ९५ रुपियाँ प्रतिलिटरमा झरेको थियो ।

निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २ रुपियाँ प्रतिलिटरका दरले बढाएर समायोजन गरेको जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । खाना पकाउने ग्यासमा अझै पनि निगमलाई प्रतिसिलिण्डर ३२ रुपियाँ ६८ पैसा घाटा रहेको निगमको भनाइ छ ।

Published : Sunday, 2019 February 3, 11:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया