कांग्रेसद्वारा देशभरि कम्युनिस्ट सरकारविरुद्ध मशाल प्रदर्शन, ठाउँ–ठाउँमा प्रहरी दमन (तस्बिर)

काठमाडौं । कम्युनिस्ट सरकारविरुद्ध देशभरि प्रदर्शन गर्नु एक दिन अगाडि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबार साँझ देशभरि मशाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आइतबार साँझ मशाल जुलुस निकाल्नुका साथै कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । कांग्रेसका कार्यकर्ताको मशाल खोस्ने क्रममा विभिन्न स्थानमा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

प्रहरीको हस्तक्षेपका कारण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् ।

रौतहट कांग्रेसले चन्द्रनिगाहपुरमा मशाल जुलुस निकालेको नेपाली कांग्रेस रौतहटका जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कही कार्यकर्ताहरू घाइते समेत भएका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ताले कम्युनिस्ट सरकारको अधिनायकवाद मुर्दाबाद, बढदो महँगी नियन्त्रण गर, भ्रष्टाचार नियन्त्रण गर, निर्मला पन्तको हत्यारा पत्ता लगा, जनतालाई राहत दे जस्ता नारा लगाएका थिए ।

नेपाली कांग्रेसको केन्द्रको आह्वानअनुसार सोमबार ७७ वटै जिल्लामा खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध भव्य प्रदर्शन हुँदै छ ।

Published : Sunday, 2019 February 3, 9:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया