आखिर कसले दुखायो गगन थापाको चित्त ?
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् ।
नेविसंघले काठमाडौं र पोखरामा शनिबार सरकारी नम्बर प्लेटका गाडी जलाएको थियो । नेता थापाले ट्वीट गर्दै सरकारी गाडी जलाउनु गलत मात्र नभएर निन्दनियसमेत भएको उल्लेख गरेका छन् ।
‘किन्तु, परन्तु केही नलगाइ यस्तो कामलाई निरुत्साहित गर्न म डटेर लाग्नेछु’, कांग्रेसका युवा नेता थापाले लेखेका छन् ।
युवा नेता थापाले नेविसंघको आगजनीको कार्यबाट आफ्नो चित्त दुखेको जनाएका छन् ।
कम्युनिस्ट सरकारविरुद्ध नेविसंघले गरेको प्रदर्शनमा शनिबार सरकारी गाडीमा आगजनी र तोडफोड भएकोमा विरोध भैरहेका बेला कांग्रेसका युवा नेता थापाले पनि असहमति जनाएका हुन् ।
यसमा तपाइको मत