रुकुमपूर्वमा लाग्यो कर्फ्यू, बाक्लै सुरक्षाकर्मी परिचालन

रुकुमपूर्व । रुकुमपूर्व जिल्लाको सदरमुकामको विषयमा विवाद भएपछि स्थानीय प्रशासनले आइतबार साँझ कर्फ्यू आदेश जारी गरेको छ ।

रुकुमकोट हुने वा गोल्खाडा हुने भन्ने विवाद चर्किदै जाँदा जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासनले गोल्खाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कामय गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६ )को उपदफा (३) अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापहिरा खोला, पश्चिमा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिएका छन् ।

प्रशासनको अनुरोध र रुकुमकोटबासीको चेतावनीबीच केही युवाबीच विवाद हुँदा गोल्खाडा सदरमुकाम स्थापनार्थ सरोकार समितिका संयोजक केशरमान रोकासहित तीनजनामाथि रुकुमकोटका स्थानीयले आक्रमण गरेका थिए ।

कांग्रेसका रुकुम पूर्वका सभापति तथा पूर्वमन्त्री केशरमान र घाइते भएका नेकपाका नेता सतमान पुनको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

Published : Sunday, 2019 February 3, 11:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया