देशैभरि घन्कियो कम्युनिस्टविरुद्ध कांग्रेसको प्रदर्शन, ओलीविरुद्ध नारावाजी

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले काठमाडौं उपत्यकासहित सबै जिल्लाहरूमा कम्युनिस्ट सरकारविरुद्ध सोमबार प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको आह्वानमा ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन गरेको हो । कम्युनिस्ट सरकारले अधिनायकवाद लादन खोजेको भन्दै कांग्रेसले देशभरि प्रदर्शन गरेको छ ।

मध्यान्ह १२ बजेदेखि नै शुरु भएको कांग्रेसको प्रदर्शनका सहभागीहरूले कम्युनिस्ट सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका छन् ।

उनीहरूले मुलुकमा भ्रष्टाचार, शान्ति सुरक्षा कमजोर, अनियमितता, अधिनायकवादमा कम्युनिस्ट सरकार लाचार भएको भन्दै आलोचना गरेका छन् ।

Published : Monday, 2019 February 4, 1:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया