कम्युनिस्ट सरकारलाई विश्वप्रकाशले नंग्याए (भिडियो)

भरतपुर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो घोटाला गरेको आरोप लगाएका छन् ।

कम्युनिस्ट सरकारविरुद्ध सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई किन दिएको भनी प्रश्न गरे ।

तत्कालीन सरकारले जनताबाट पैसा उठाएर बुढीगण्डकी आफै बनाउने निर्णय गरे पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले गेजुवालाई सुनको किस्तीमा राखेजस्तो गरी दिएको शर्माको आरोप छ ।

उनले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सक्ने तर जनताले विश्वास गरेको प्रधानमन्त्रीले बुढीगण्डकी छोडेर विदेशी कम्पनीलाई दिनु गलत रहेको बताए ।

‘आज महाकालीको पञ्चेश्वर परियोजना लामो समयदेखि भारतको हातमा छ, डिपिआर बनेको छैन । पश्चिम सेती परियोजना १७ वर्ष काम गरेको कम्पनीले होल्ड गर्यो’, उनले भने, ‘त्यसपछि ७ वर्ष चीनको अर्काे कम्पनीले होल्ड गर्यो । आज नबनिकन बसेको छ । तराईको हुलाकी राजमार्ग त्यही रुपमा बसेको छ ।’

उनले भनेका छन्, ‘रोएर बसेका छन् हाम्रो बाटो, गाउँघर बस्तीहरु । अनि हामीले ५ रुपैयाँ आफै उठाएर बनाउ बुढीगण्डकी भन्दैगर्दा चीनलाई किन सुम्पिएको ?’
उनले भनेका छन्, ‘यहाँ वाइड बडी, निजगढभन्दा बढी ठूलो घोटाला भएको छ । तपाईहरु आफ्नो कर्ममा जाँदै गर्दा मोटरसाइकल पेट्रोल वा गाडीमा डिजेल हाल्दै गर्दा तपाईहरुले खरिद गरेको पेट्रोल डिजेलको प्रतिलिटर ५ रुपैयाँका दरले सरकारले उठाइरहेको छ ।’

‘हाम्रो पालादेखि उठ्दै आइरहेको छ, ५ रुपैयाँको दरले किन पैसा उठाइँदैछ भन्दा त्यो बुढीगण्डकी हामी आफ्नै पैसाले बनाउने’, उनल शर्माले भनेका छन्, ‘नेपालले आफै बुढीगण्डकी बनाउने भनेर प्रक्रिया अगाडि बढाउने, अर्बौं रुपैयाँ नेपाली जनताले तिरेर भेला हुने, अनि एक दिन विहान जुरुक्क उठेर कमरेड केपी ओलीले चिनियाँ कम्पनी गेजुवालाई सुनको किस्तीमा राखेर दिएजस्तो गरी भन्नुभो, लौ बुढीगण्डकी लिएर जाउ ।’

‘बुढीगण्डकी बुढाले यसरी किन सुम्पिए, ए एमाले–माओवादीका साथीहरु प्रश्न गर्नुपर्दैन, तपाईहरुले पनि तिर्नुभएको छ ५ रुपैयाँ । के तपाईलाई लाग्दैन नेपालीको देश, नेपाली मनबाट बनाउन सकिन्छ’, उनले भने, ‘आजको घडी यस्तो घडी थियो, इतिहाँसको सुन्दर घडी कि हरेक नेपालीले आउ, घाँस काटेर लगानी गरेर देश बनाऔं । विदेशमा बसेका नेपालीलाई अपील गरौं, थोरै मन पठाइदेउ, थोरै धन पठाइदेउ, हामी नेपाली देश बनाउन चाहन्छौं । आज महाकालीको पञ्चेश्वर परियोजना भारतको हातमा छ, डिपिआर बनेको छैन ।’

उनले भने, ‘पश्चिम सेती परियोजना १७ वर्ष काम गरेको कम्पनीले होल्ड गर्‍यो । त्यसपछि ७ वर्ष चीनको अर्काे कम्पनीले होल्ड गर्‍यो । आज नबनिकन बसेको छ । तराईको हुलाकी राजमार्ग त्यही रुपमा बसेको छ । रोएर बसेका छन हाम्रो बाटो, गाउँघर बस्तीहरु । अनि हामीले ५ रुपैयाँ आफै उठाएर बनाउ बुढीगण्डकी भन्दैगर्दा चीनलाई किन सुम्पिएको ? सुम्पिँदै गर्दा प्रश्न गर्ने ताकत किन राख्न सक्नुहुन्न् एमाले माओवादीका साथीहरु ।’

‘यस्तो बेला सबैको मनलाई गाँसेर, देश दुनियाँ अपील गरेर, विदेशलाई अपील गरेर रंगशाला अन्तर्राष्ट्रियस्तरको बनाउन सक्छौं भनेर धर्मुस सुन्तलीले परिकल्पना गर्न सक्ने, अनि जनताले विश्वास गरेको प्रधानमन्त्रीले बुढीगण्डकी परियोजना छोडिदिने ?’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘सिक्नुस धर्मुस र सुन्तलीसँग । सलाम र सम्मान गर्न चाहन्छु । कांग्रेस पार्टीको साथ समर्थन रहेको धुर्मुस सन्तुलीको परियोजनामा लाग्न आग्रह गर्न चाहन्छु । प्रधानमन्त्रीलाई कसैले प्रश्न गरेन । धुर्मुसले राष्ट्रिय सभागृहको कार्यक्रममा उपस्थित भएर बोलिदिनुपर्‍यो भन्ने आग्रह गर्नुभएको थियो’, उनले भनेका छन्, ‘व्यस्तताका कारण आउन पाइनँ । म आएको उठेर प्रश्न गर्ने थिएँ, कमरेड ओलीजी तपाई झापाको, धुर्मुस झापाको र तपाईलाई प्रश्न गर्न उभिएको विश्वप्रकाश पनि झापाको । म तपाईलाई प्रश्न गर्न चाहन्छु, धुर्मुस सुन्तली दुनियाँका सारा नेपालीलाई राष्ट्रिय अन्तर्राष्ट्रियलाई गुहारेर अन्तर्राष्ट्रिय रंगशाला बनाउँछौं भनेर तपाईलाई साथ दिन उभिएका छन् ।’

‘तपाईले ५ रुपैयाँ उठाएर नेपालीले अर्बाै भेला गरेको बुढीगण्डकी परियोजना किन दिनुभयो विदेशको कुनै कम्पनीलाई ? म यहीँ मञ्चबाट यो प्रश्न दोहोर्‍याउन चाहन्छु’, उनले भनेका छन् ।

Published : Monday, 2019 February 4, 5:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया